केही व्यक्तिहरूले वाईज ईन्टरनेशनल नेपाल प्रा.लि. को नाम, लोगो, ठेगाना र वेबसाइटको जानकारी दुरुपयोग गरी टेलिग्राम (Telegram) जस्ता सामाजिक सञ्जालहरूमा नक्कली सूचनाहरू फैलाइरहेका छन्। यी व्यक्तिहरूले हाम्रो कम्पनीको नाम प्रयोग गरी विभिन्न बहानामा नगद रकम असुली गर्ने र ठगी कार्य गरिरहेका छन्।

वाईज ईन्टरनेशनल नेपाल प्रा.लि. स्पष्ट रूपमा भन्न चाहन्छ कि यी ठगी कार्यहरूमा हाम्रो कुनै संलग्नता छैन।

यदि तपाईंलाई हाम्रो नाममा कुनै शंकास्पद सन्देश वा प्रस्ताव प्राप्त हुन्छ भने:

  • कृपया त्यस्ता सन्देशहरूको कुनै प्रतिक्रिया नदिनुहोस् र कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्नुहोस्।
  • नजिकको प्रहरी कार्यालय वा साइबर क्राइम शाखामा तुरुन्तै जानकारी दिनुहोस्।
  • साथै, तपाईंले वाईज ईन्टरनेशनल नेपाल प्रा.लि. को कार्यालयमा +९७७-१-४३७३७८४, ४३७३८०७, वा ४३७३३५१ मा सम्पर्क गरेर खबर गर्न सक्नुहुन्छ।

हामी यस प्रकारको गैरकानुनी कार्यविरुद्ध कानुनी कदम चालिरहेका छौं। कृपया सचेत रहनुहोस् र अरूलाई पनि यी ठगी कार्यहरूबाट बच्न सचेत गर्नुहोस्।

 

भवदीय,

वाईज ईन्टरनेशनल नेपाल प्रा.लि.